नियम ८०
श्रम समन्वय समितिको काम, कर्तव्य अधिकार
नियम ७९ बमोजिमको श्रम समन्वय समितिको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछः-
(क) कुनै  प्रतिष्ठानमा भएको औद्योगिक विवादलाई समाधान गर्नको लागि सम्बद्ध पक्षसँग छलफल गरी आवश्यक सुझाव दिने,
(ख) श्रमिक तथा रोजगारदाताबीच कुनै विवाद उत्पन्न भएको वा हुने सम्भावना देखिएमा त्यस्तो श्रम विवाद समाधान गर्न सरोकारवालासँग विवाद समाधान गर्न आवश्यक पहल र समन्वय गर्ने ।